काठमाडौं । जेनजी पुस्ताको आन्दोलन अनियन्त्रित र काबु बाहिरको परिस्थिति भन्दै स्थानीय प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश गरेको छ । सोमबार दिउँसो साढे १२ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको छ ।

जेनजी पुस्ताले बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र प्रवेश गरेपछि स्थानीय प्रशासनले तत्काल कर्फ्यू आदेश जारी गरेको हो । सुरक्षाकर्मीले संसद् भवनभित्र प्रवेश गर्न लागेपछि दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

स्थानीय प्रशासनले नयाँबानेश्वरको पश्चिमपट्टि बिजुलीबजार पुल, पूर्वमा तीनकुने चोक, दक्षिणमा शंखमूल पुल र उत्तरतर्फ रत्नराज्य स्कुलसम्म कर्फ्यू लगाएको छ ।

ADVERTISEMENT