काठमाडौं । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको छ । सोमबार बिहान ९ बजेदेखि जेनजी माइतीघर मण्डलामा जम्मा भएका छन् ।

उनीहरू नाराजुलुससहित माइतीघर मण्डलाबाट नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि बसेर धर्ना दिने भएका छन् । जेनजी नेपालको राष्ट्रिय झण्डासहित भेला भइरहेका छन् ।

सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । जेनजी पुस्ताले आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।

ADVERTISEMENT

विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी