काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेंं परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेको छ ।
आज २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ । ३२१ कम्पनीको एक करोड कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
जसमध्ये सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ५० करोड, ग्रीन भेन्चरको ४६ करोड, हिमालयन डिस्टीलरीको ४३ करोड र नेपाल रिपब्लीकको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ४७ रुपैयाँ बढेर ५१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। समता लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ९ प्रतिशत, ग्रीन भेन्चर्सको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ।








