काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ .३१ अंकले बढेर २५४५.७३ बिन्दुमा पुगेर बन्द भएको हो ।
बिहीबार ३ सय २९ कम्पनीको ७६ लाख ५ हजार ५ सय ८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबर रुपैयाँको कारोबार भएको छ ।
बिहीबार १ सय २३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहीबार हिमालयन पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ८० लाख रुपैयाँ बराबर संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ सय ९९ रुपैयाँ पुगेको छ ।
साथै, बिहीबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४.८४ प्रतिशतले घटेको छ ।





