काठमाडौं । सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । आइतबार ४७ अंकले बढेको नेप्से सोमबार दोहोरो अंकले घटेर बजार बन्द भएको छ । सोमबार नेप्से परिसूचक १०.५३ अंक घटेर २६२२.८८ विन्दुमा झरेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

आइतबार पाँच अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यस दिन ३३७ स्टकको ६९ हजार ५४८ पटकको सेयर कारोबारमा चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको एक करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

ADVERTISEMENT

एसवाई प्यानल नेपाल कम्पनीको २३ करोड २ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। मञ्जुश्री फाइनान्सको करिब १८ करोड र शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।

आज एसवाई प्यानल नेपालको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब १० प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।

ADVERTISEMENT