काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा कायम भएको छ ।

बजार खुलेदेखि नेप्से बढ्न सुरु गरेको थियो । दिनभरि हरियाली छाएको सेयर बजार बन्द हुने बेला दोहोरो अंकले घटेको हो ।

आज ३२१ कम्पनीको सेयर कारोबार हुँदा १८९ कम्पनीको सेयर मूल्य घटेको र ८९ कम्पनीको बढेको छ । एक करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

बुधबार सबैभन्दा धेरै बलेफी हाइड्रोको ३४ करोडको कारोबार भएको छ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोको २७ करोड, शिवम सिमेन्टको २४ करोड, एनआरएन इन्फ्रास्टक्चरको १९ करोड र नेपाल रिइन्स्योरेन्सको १८ करोडको कारोबार भएको छ ।

ADVERTISEMENT