काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।

आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

ADVERTISEMENT

त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । सोनामा भन्ने स्थानमा उनले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

यो मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सन्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर जोड्ने ८.३८४ किलोमिटर सडक कालोपत्रे गरिने छ । यसको जिम्मा ढुकुछु निर्माण कम्पनी प्रालिले पाएको छ ।