काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मंगलबार नेपालस्थित युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने सामूहिक भेट तथा संवाद कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ ।

सचिवालयका अनुसार नेपाल र युरोपेली संघ आबद्ध मुलुकबीचको कूटनीतिक तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि संवाद केन्द्रित रहनेछ ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री बालेनले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा अन्तरक्रिया गरेका थिए ।

सरकारले कूटनीतिक सम्बन्ध विस्तार, विकास साझेदारी र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्दै विभिन्न मुलुकसँग संवादलाई निरन्तरता दिँदै आएको छ ।