काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) औपचारिक रूपमा प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्।प्रधानमन्त्री शाहले शुक्रबार पूजापाठ गर्दै वालुवाटार स्थित सरकारी निवास प्रवेश गरेका हुन्। पदभार सम्हालेपछि उनले पहिलोपटक बालुवाटारमा बसाइँ सरेका हुन्।

यसअघि निवर्तमान प्रधानमन्त्री शुशिला कार्कीले पनि शुक्रबार नै सरकारी निवास छाडेर निजी निवासतर्फ गएकी थिइन्।नयाँ सरकार गठनसँगै प्रधानमन्त्री निवासमा बसाइँ सर्ने परम्पराअनुसार शाहले औपचारिक विधि पूरा गर्दै निवास प्रवेश गरेका हुन्।








