काठमाडौं । प्रभु बैंकका सिईओ अशोक शेरचन, डिसिओ मणिराज पोखरेल, सिसिओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्य विरुद्धको बैंकिङ्ग कसूर मुद्दा अनुसन्धानका लागि दोश्रो पटक २ दिन म्याद थप गरिएको छ। उच्च अदालत, पाटनको वाणिज्य इजलासमा आज मा.न्या. सोमकान्त मैनाली र मा. न्या. केशव प्रसाद बास्तोलाले उक्त म्याद थपको आदेश जारी गरेका हुन् ।
उनीहरुलाई सीआईबी टोलीले बैंकिंग कसुरमा मंसिर १४ गते पक्राउ गरेको हो । ठगीसम्बन्धी केही रकम प्रभु बैंकमा आएको देखिएपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याइएको हो ।








