काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ । आरम्भ चौतारी लघुवित्तका कर्मचारीलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट केन्द्रीय बिजनेस केन्द्रका प्रमुख लेखबहादुर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि आरम्भ चौतारी लघुवित्तका कर्मचारीहरुले उत्कृष्ट बैकिङ सेवा प्रयोग गर्न सक्ने विश्वास प्रभु बैंकले लिएको छ ।

‘बैंक अफ द इयर २०२३’, ‘प्रभु बैंक फिनाकल इन्फोसिस एनोभेसन गोल्ड-२०२४’ अवार्ड, युरो मनी अवार्डबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा दिएको छ ।