काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले फ्रन्टलाइन हस्पिटलको सेवासुविधामा विशेष छुट पाउने भएका छन् ।

काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित फ्रन्टलाइन र प्रभु बैकबीच विशेष छुटका विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरुले १० प्रतिशत छुट पाउने छन् ।

ADVERTISEMENT

सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।

ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

ADVERTISEMENT

प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।