काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि जेन-जी पक्षका समर्थकहरूले शीतलनिवास अगाडि खुशी व्यक्त गरेका छन्।
समर्थकहरूले नियुक्तिलाई उत्साहपूर्वक स्वागत गर्दै सरकारको पक्षमा आफ्नो समर्थन प्रकट गरेका थिए। यसलाई जेन-जीहरूले आफ्नो आन्दोलनपछि उठाइएका मागको संवैधानिक सफलता र प्रतीकात्मक उपलब्धिको रूपमा मूल्याङ्कन गरिरहेका छन्।









