काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतले रसियाबाट लगातार किनेको तेलका कारण युक्रेन रुस युद्ध लम्बिएको बताउदै युरोपेली संघ (ईयू) लाई चीन र भारतमाथि १०० प्रतिशतसम्म कर लगाउन आग्रह गरेको खबर बाहिर आएको छ 

उक्त खबर फाइनान्सियल टाइम्समा पहिलोपटक आएको र त्यसपछि सीएनबीसीले दुई स्रोत उद्धृत गर्दै पुष्टि गरेको रिपोर्टअनुसार, ट्रम्पले मंगलबार वासिङटनमा वरिष्ठ अमेरिकी र युरोपेली अधिकारीहरूसँगको बैठकमा यस्तो प्रस्ताव राखेका थिए। रिपोर्टअनुसार, यदि युरोपले भारत र चीनमाथि शुल्क लगाउने हो भने अमेरिका पनि उक्त कदमलाई सहयोग  गर्ने तयारीमा रहेको बताइएको छ।

ADVERTISEMENT

यस विषयमा राय माग्दा युरोपेली आयोगका प्रवक्ताले गोपनीयताको कारण बैठकको विवरण सार्वजनिक गर्न नसकिने बताए। तर उनले भने, “ईयूले प्रतिबन्ध कार्यान्वयनका सन्दर्भमा भारत र चीनसहित सबै सम्बद्ध साझेदारसँग संवाद गर्दै आएको र यो संवाद निरन्तर रहनेछ।”

विश्लेषकहरूले भने युरोप ट्रम्पको यस प्रस्तावमा सहमत हुने सम्भावना न्यून देखिएको बताएका छन्।

ADVERTISEMENT