काठमाडौं। खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा उठेको हो।खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त राजस्व संकलन गरिएको हो।
विभागले गत आर्थिक वर्षमा चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट तथा तामाजस्ता खनिजको उत्खननका लागि अनुमति प्रदान गरेको जनाएको छ।
खनिजजन्य स्रोतको उपयोगबाट सरकारी आम्दानी वृद्धि भएको र यस क्षेत्रले अर्थतन्त्रमा योगदान पुर्याइरहेको विभागको भनाइ छ।





