काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की आज सर्वोच्च अदालत जाने भएका छन् । आफूलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध पुनर्बहालीको माग गर्दै उनले सर्वोच्चमा रिट निवेदन दिने तयारी गरेका हुन् ।

कार्कीले बुधबार दिउँसो रिट दर्ता गर्ने विषयमा कानुन व्यवसायीसँग परामर्श गरेका थिए । तर, समय अभावका कारण बुधबार रिट दर्ता हुन नसकेपछि बिहीबार सर्वोच्च जाने तयारी गरिएको उनीनिकट एक कानुन व्यवसायीले बताएका छन् ।

ADVERTISEMENT

मन्त्रिपरिषद्ले कार्कीलाई आईजीपी पदबाट हटाउँदै एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त निर्णयको कानुनी वैधतामाथि प्रश्न उठाउँदै कार्कीले अदालतको ढोका ढकढक्याउन लागेका हुन् ।

ADVERTISEMENT

छलफलमा सहभागी एक कानुनविद्का अनुसार बिहीबार रिट दर्ता गर्ने विषयमा परामर्श भइरहेको छ । रिट दर्ता भएपछि सरकारले गरेको निर्णयको संवैधानिक तथा कानुनी आधारबारे सर्वोच्च अदालतमा बहस हुने अपेक्षा गरिएको छ ।