काठमाडौं । काठमाडौं महानगरको मेयर पदबाट राजीनामा गरी रास्वपा पार्टी कार्यालय पुगेका बालेन्द्र साह बालेनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका छन् । रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच पार्टी कार्यालय पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिए।

घन्टी बजाएर पार्टी प्रवेश गरेका बालेनले रास्वपामा पदभार ग्रहण गरे। उनलाई स्वागत गर्न सभापति रवि लामिछाने र डीपी अर्यालले स्वागत गरेका थिए । पुस १३ गते रास्वपा सभापति लामिछानेसँग सातबुँदे सहमति हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका बालेन पहिलोपटक आइतबार कार्यालय छिरेका हुन्।

ADVERTISEMENT

उनी १५ मिनेट बसेर बाहिरिएका थिए । उनी आजै साँझ जनकपुर जाने कार्यक्रम छ। जनकपुरमा भोलि सोमबार रास्वपाले कार्यक्रम गर्दैछ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन सहभागी हुँदै छन्।

ADVERTISEMENT

बालेनले रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। उनले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका छन्। करिब १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएपछि बाँकी अवधिका लागि चुनाव हुन्छ कि हुँदैन भन्ने चासोको विषय बनेको छ।

ADVERTISEMENT