काठमाडौं । तीन दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंकले घटेको छ । मंगलबार बजार बन्द हुँदा नेप्से परिसूचक २६३६.१० विन्दुमा झरेको हो ।

आज ३५३ वटा स्क्रिपको १ करोड १२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

कारोबारमा आएका कम्पनीमध्ये १८५ वटाको सेयर मूल्य घटेको छ भने ८६ वटाको मूल्य बढेको छ । त्यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

ADVERTISEMENT

समग्र बजार घटे पनि अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य ११.८४ प्रतिशतले बढेर अन्तिम कारोबार मूल्य ३५९ रुपैयाँ कायम भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा नबिल बैंक डिबेञ्चर पहिलो स्थानमा रहेको छ । उक्त डिबेञ्चरको २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

समूहगत परिसूचकतर्फ म्युचुअल फण्डबाहेक सबै समूह घटेका छन् । होटल तथा पर्यटन समूह सर्वाधिक १.२१ प्रतिशतले घटेको छ ।