काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेर २६२१ अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन ४.१२ अंकले बढेको बजारमा आजको वृद्धिसँगै नेप्से लगातार पाँच कारोबार दिन उकालो लागेको हो।

आजको बजार वृद्धिमा बैंकिङ समूहको योगदान सबैभन्दा बढी देखिएको छ। बजारको कुल पुँजीकरणमा २५.४४ प्रतिशत हिस्सा रहेको बैंकिङ समूहको सूचक १.४५ प्रतिशतले बढेको छ। यससँगै बैंकिङ समूहको सूचक चैत १० यताकै उच्च विन्दु १५६५ अंकमा पुगेको छ।

ADVERTISEMENT

बुधबार सबै समूहगत सूचक हरियो रहे। विकास बैंक १.१९, फाइनान्स ०.०४, जलविद्युत् ०.२९, होटल तथा पर्यटन ०.०४, लगानी ०.५२, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा १.२०, अन्य ०.६३ तथा व्यापार समूह ०.८० प्रतिशतले बढे।

ADVERTISEMENT

बजार बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १३ करोड रुपैयाँमा सीमित भयो। आज १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.९५ प्रतिशतले बढ्यो। ग्रिन भेन्चर्सको ४.२०, नेपाल वेयरहाउजिङको ३.८६, ओरियन्टल होटल्सको ३.७४, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५७, सन नेपाल लाइफ इन्स्योरेन्स र टक्सार पिखुवाखोलाको ३.१७ तथा एनआईसी एसिया बैंकको ३.०८ प्रतिशतले मूल्य बढ्यो।

ADVERTISEMENT

यसैगरी, सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य ६.३२ प्रतिशतले घट्यो। एभरेस्ट कलरको ४.९५, स्वाभिमान लघुवित्तको ३.७५, अपर लोहोरेखोलाको ३.६४ तथा सिटी होटलको ३.३३ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिटी होटल र माउन्टेन इनर्जी अगाडि रहे।