काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक प्रि–ओपन सेसनमा १९ अंकले बढेर तीन हजार बिन्दु नाघेको छ । डेढ वर्षपछि नेप्से ३००३.३३ विन्दुमा पुगेको छ ।
बजार खुलेको केही समयपछि नै ट्रेड टावरको सेयर मूल्यले १० प्रतिशत सर्किट हानेको छ । केही दिनदेखि ट्रेड टावरले सर्किट हान्दै आएको छ । साथै, सान्भी इनर्जीले पनि सकारात्मक सर्कित हानेको छ ।
कारोबार सुरु भएको दुई घन्टामै झन्डै सात अर्बको कारोबार भइसकेको छ ।







