काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको आत्मसमीक्षा, विचार र दस्ताबेजमाथि छलफल गर्दै सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका तयार पार्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।

ADVERTISEMENT

उनका अनुसार पार्टीभित्रका कमीकमजोरी पहिचान गरी सुधार गर्ने, संगठनलाई सशक्त बनाउने र सकारात्मक प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक योजना तयार पार्ने अभियानको मुख्य उद्देश्य रहेको छ।

ADVERTISEMENT

महामन्त्री पौडेलले मंसिर महिनाभित्र जिल्ला तथा प्रदेश अधिवेशन र स्थानीय तह निर्वाचनको तयारीलाई समेत व्यापक बनाइने बताए। अभियानको विस्तृत खाकासहितको सर्कुलर छिट्टै प्रदेश र जिल्ला तहमा पठाइने उनले जानकारी दिए।