काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी छ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा बैठक केन्द्रीत रहेको जनाइएको छ।

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ।

ADVERTISEMENT

बिहीबार बोल्ने नेताहरू नियमित र विशेष महाधिवेशनमै केन्द्रित भएका छन् । कांग्रेसमा तत्काल नियमित वा विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा व्यापक बहस भइरहेको छ । संस्थापन पक्ष जसरी पनि मंसिरमा नियमित वा विशेष दुवै महाधिवेशन नगर्ने पक्षमा छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

केन्द्रीय समिति बैठकमा त्यसको प्रभाव देखिएको छ । देउवा पक्षका नेताहरुले महाधिवेशनभन्दा फागुनको निर्वाचनलाई केन्द्रमा राख्नुपर्ने विचार राखेका छन् ।

ADVERTISEMENT