काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढ्दा चाँदी १० रुपैयाँले महँगिएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।








