काठमाडौँ । नेपाली कांग्रेसकाे सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मंगलबार आफ्नो उम्मेदवारी दर्ता गरेका उनले बुधबार भने निर्वाचन अधिकृतको कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

ADVERTISEMENT

ADVERTISEMENT

उनले उम्मेदवारी फिर्ता लिएसँगै गगन थापा र श्यामकृष्ण खड्गीमात्रै सभापतिको उम्मेदवार छन् । १५औँ महाधिवेशनमा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।