काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ताको समय थप गरेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको मनोनयन पत्र दर्ताका लागि मंगलबार दिउँसो ४ बजेसम्मको समय तोकेकोमा त्यसलाई बढाएर साँझ ६ बजेसम्म पुर्याएको हो।
उम्मेदवारी दर्ताका लागि निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न नसकेका उम्मेदवारलाई सहज बनाउन समय थप गरिएको हो। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ। मनोनयन दर्तापछि दाबी–विरोध तथा आवश्यक प्रक्रिया पूरा गरेर निर्वाचनको अन्तिम तयारी अघि बढाइनेछ।







