काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोमबारसम्म काठमाडौं उपत्यकाका तीनसहित ६३ जिल्लामा वडा अधिवेशन सकिएको हो।
समितिले दिएको जानकारीअनुसार धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर २ का वडाहरूमा अधिवेशन अन्तिम चरणमा पुगेको छ।
यसैगरी, अछाम र रुपन्देहीमा ३–३ वडा, डडेल्धुरामा ४ वडा र महोत्तरीमा ८ वडाको मात्र अधिवेशन बाँकी रहेको छ। धादिङ, नुवाकोट तथा सम्पन्न हुन बाँकी रहेका अन्य वडाहरूको अधिवेशन असोज ६ गते मंगलबार पनि जारी रहने समितिले जनाएको छ।
नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ।
कहाँ कहाँ सकियो अधिवेशन ?
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, वागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलाली सहित ६३ जिल्लाहरूको वडा अधिवेशन सम्पन्न ।






