काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। ३५ वर्षमुनिका युवा खुलातर्फ इन्जिनियर सुवास पौडेलले भने फराकिलो अग्रता बनाएका छन्।

१ हजार ९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन्। महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले ६३१, जितप्रकाश आले मगरले ६१४ र खुमाप्रसाद अर्यालले ५९७ मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

त्यस्तै, भेषबहादुर पौडेलले ५२१, सुशील तिमल्सेनाले ४९४ र गोविन्दबहादुर रानाभाटले ४३१ मत पाएका छन्।

ADVERTISEMENT

महिला समूहमा सरस्वती अर्याल तिवारीले ८१९ मतसहित अग्रता लिएकी छन्। ओमकला गौतमले ५८९ र रविकला खनालले ४६४ मत प्राप्त गरेका छन्।

३५ वर्षमुनिका युवा महिलातर्फ डा. कला पन्तले १ हजार १४० मत पाउँदा एलिजा ढकालले ८०४ मत प्राप्त गरेकी छन्।

ADVERTISEMENT

युवा खुलातर्फ इन्जिनियर सुवास पौडेलले १ हजार २८२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी इन्जिनियर चेतराज कँडेल (सुजन) ले ६२८ मत पाएका छन्। पौडेलले ६५४ मतको अग्रता बनाएका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।