काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ३ हजार ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख ३ हजार १ सय रूपैयाँ कायम भएको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रूपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको पनि १५० रूपैयाँले बढेर ४ हजार ७ सय ७५ रूपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६२५ रूपैयाँ कारोबार भएको थियो ।

ADVERTISEMENT