काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । बिहिबार सुन ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

बिहिबार सुनको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो ।