काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ७ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य बढेर  प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार सुनको भाउमा उल्लेख्य वृद्धि भएको हो ।

ADVERTISEMENT

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT

बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।