काठमाडौं । १२६ दिनको भैरहवा कारागार बसाइपछि रास्वपा सभापति रवि लामिछानेलाई शनिबार अड्डासार गरिएको छ । जिल्ला अदालत रुपन्देहीले अड्डासारको अनुमति दिएको ७९औँ दिनमा बल्ल उनलाई ललितपुरको नक्खु कारागार सारिएको हो ।

अदालतले अनुमति दिए पनि कारागार विभागले रुपन्देही कारागारमै राखेको थियो । २६ साउनमा मानव अधिकार आयोगको टोलीले कारागारमै पुगेर लामिछानेको अवस्थाबारे स्थलगत निरीक्षण गरेपछि स्वास्थ्य, सुरक्षा र मानव अधिकार कुनै पनि दृष्टिमा उपयुक्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

ADVERTISEMENT

शनिबार भैरहवा विमानस्थलबाट ५ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका लामिछानेलाई सिधै नक्खु कारागार पुर्‍याएर सिआरसी ब्लकमा राखिएको छ । सिआरसी आमकैदीबन्दी राखिने ब्लक हो । जहाँ चार सयभन्दा बढी कैदीबन्दी छन् । शनिबार आमकैदीबन्दीसँग राखिए पनि आइतबारबाट उनलाई अलग्गै कोठामा राख्ने तयारी छ ।

ADVERTISEMENT

रविलाई कारागार सार्नुको रणनीतिबारे विभिन्न कोणबाट चर्चा परिचर्चा हुन थालेको छ । कसैले रुपन्देही ३ को उपनिर्वाचनलाई मध्यनजर गरेर रविलाई कारागार सारिएको भन्न थालेका छन् । कसैले काठमाडौं ल्याउनुको कारण रविलाई छाड्ने तयारी पनि भन्न थालेका छन् । रवि स्वयंले आफूलाई मंगलग्रह नै लगे पनि केही फरक नपर्ने बताएका छन् ।

अहिलेका चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले त रविको हिरासत बसाई निकै छोटो हुने भविष्यवाणी गरेका छन् । त्यति मात्र होइन, उनले रास्वपाको नाम नै परिवर्तन हुनेसम्मको ठोकुवा गरेका छन् । रिजालले रवि लामिछाने ग्यालेक्सी फोरके टेलिभिजनमा हुँदा कार्यक्रम चलाउने गर्थे ।

ADVERTISEMENT

उनी भन्छन्, ‘नख्खु कारागारमा स्थानान्तरण हुनु दुर्लभ ‘विपरीत पाश (कारावास) योग परेको संकेत हो। उक्त पाश योगकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अझ शक्तिशाली हुने ग्रहयोग छ। पाश योग नै कारावास योग भएकाले नख्खु कारागारमा उनको बसाइँ निकै छोटो हुने तथा पार्टीको नाम समेत परिवर्तन हुने संकेत देखिएको छ।’