काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदातालाई कुनै पनि दलप्रतिको आस्था र विश्वास नत्यागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न ‘घण्टी’मा मत दिन आग्रह गरेका छन्।

शुक्रबार (फागुन १५) चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “राजनीतिक दलको आस्था, विश्वासलाई त्याग्नुपर्छ भनेकै छैन, मात्र एकपटक घण्टीमा भोट परिवर्तनका लागि।”

ADVERTISEMENT

उनले यसपटक ३० वर्षमुनिका धेरै युवा उम्मेदवार मैदानमा रहेको उल्लेख गर्दै रास्वपालाई युवा, महिला, जेनजी र जनजातिको पार्टी भएको दाबी गरे। साथै उनले सबै पेशामा आबद्ध व्यक्तिहरू रास्वपाबाट उम्मेदवार बनेको उल्लेख गर्दै भने, “डाक्टरदेखि इन्जिनियरसम्म सबै पेशामा आबद्ध व्यक्तिहरू रास्वपाका उम्मेदवार छन्।”

लामिछानेले आफूलाई कम बोल्न र नरम भाषा प्रयोग गर्न सुझाव आउने गरेको उल्लेख गर्दै भने, “मलाई धेरै नबोल, तिखो नबोल पनि भन्छन्। चर्को नबोल भन्छन्, मलाई गालीगलौज नगर पनि भन्छन्। 

ADVERTISEMENT

आफूमाथि लागेको सहकारीसम्बन्धी आरोपबारे उनले ६५८ दिनदेखि ‘प्रमाण छ’ भनिँदै आएको तर अहिले त्यस्तो प्रमाण आवश्यक नरहेको टिप्पणी गरे। “प्रमाण छ भनिएको आज ६५८ औँ दिन भएछ। चाहिएन प्रमाण भैगो,” उनले भने।

उनले आफ्नो ‘अन्तिम इच्छा’ सोधिएको प्रसंग उल्लेख गर्दै आगामी निर्वाचनमा मतपत्रमार्फत नै आफ्नो अन्तिम इच्छा देखाइदिन मतदातालाई आग्रह गरे।