काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको साइत सार्वजनिक गर्दै उक्त समय निर्धारण गरेको हो।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ।समितिका अनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ। कात्तिक २० गते शुक्रबार धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइनेछ भने साँझ यमदीपदान गरिनेछ।

ADVERTISEMENT

कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ। कात्तिक २२ गते आइतबार नरक चतुर्दशी र कुकुर तिहार मनाइनेछ। सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ। कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। यसै दिन नेपाल संवत् ११४७ सुरु हुनेछ।

ADVERTISEMENT