काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले आफूहरूबीच कुनै भ्रम वा असमझदारी नरहेको स्पष्ट पारेका हुन्। सम्बन्ध बिग्रिएको भन्दै समय–समयमा समाचार आउने गरे पनि त्यसले आफूहरूलाई थप नजिक ल्याएको उनको भनाइ छ।

‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ लामिछानेले भने। प्रधानमन्त्री शाहले केही समयअघि सामाजिक सञ्जालमा आफू ‘एक्लो’ महसुस गरिरहेको आशयको अभिव्यक्ति दिएको विषयमा सञ्चारकर्मीले प्रश्न गरेका थिए।

ADVERTISEMENT

जवाफमा लामिछानेले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले उनका हरेक अभिव्यक्तिको राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको बताए।

ADVERTISEMENT

‘उहाँ एउटा कवि पनि हो, कलाकार पनि हो। आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ र ? हरेक शब्दका अर्थ खोज्न थालियो भने त्यसको राजनीतिक अर्थ भन्ने हुँदैन,’ उनले भने।

ADVERTISEMENT

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर आफूलाई कुनै चिन्ता नरहेको समेत लामिछानेले स्पष्ट पारे।