काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

सुनसरीको घटनापछि रविले गरेको प्राथमिक कार्य प्रधानमन्त्री बालेन्द्र शाहले एक दुइअघि नै गर्नुपर्ने थियो । तर बालेनले मंगलबार मध्यराति फेसबुकमा स्टाटस लेख्नेबाहेक केही पनि गरेनन् । न त उनी पार्टी सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा उपस्थित भए ।

यदि प्रधानमन्त्री सर्वदलीय बैठकमा मात्र उपस्थित भएर सरकारले यो यो काम गर्दैछ भनेको भए देशमा अर्कै म्यासेज जान्थ्यो । तर उनी यसपटक पनि चुकेका छन् ।

ADVERTISEMENT