काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीबीच भएको ऐतिहासिक एकतापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा निरन्तर भावुक पोस्टहरू गर्दै आएका छन्। यो एकताले नेपाली वैकल्पिक राजनीतिमा नयाँ तरंग ल्याएको छ, जसमा रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ तीन प्रख्यात अनुहार एकै मञ्चमा उभिएका छन्।

हिजो राति करिब १० बजे बालेनले रवि लामिछाने, कुलमान घिसिङ र आफ्नो संयुक्त फोटो पोस्ट गर्दै लेखेका थिए : म नेपाल हाँसेको हेर्न चाहन्छुयो सन्देशले एकताको उत्साह र रास्वपामा नयाँ उमंग पैदा भएको पाइन्छ । बालेनको पोस्टले छोटो समयमै हजारौं लाइक र शेयर पाउने गरेको छ  यो पोस्टले पनि सकारात्मक संदेश पाएको छ, जसले जनताको उत्साह झल्काउँछ।


ADVERTISEMENT

त्यसको केही घण्टापछि आज बिहान करिब २ बजे बालेनले जेन–जी आन्दोलनका अगुवा तथा युवा अभियानकर्मी सुधन गुरुङसँगको फोटो पोस्ट गर्दै स्ट्याटस लेखेका छन् :

ADVERTISEMENT

“देश बनाउनु पर्छ भनेर सबैले भन्छन्,

ADVERTISEMENT

तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्वपूर्ण हुन्छ।

बाबु सुधन गुरुङज्यूले,

जुन भूमिका निर्वाह गर्नुभएको छ,

त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन।
लभ यू, ब्रदर”

यो पोस्टले स्पष्ट रूपमा सुधन गुरुङले रास्वपा र उज्यालो नेपालबीचको एकतामा खेलेको समन्वयकारी भूमिकालाई उजागर गरेको छ। सुधन गुरुङलाई जेन–जी आन्दोलनको प्रमुख अगुवाका रूपमा चिनिन्छ, जसले युवा पुस्ताको असन्तुष्टिलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान दिएका छन्।

सुधन गुरुङले पनि बालेनको यो पोस्टमा तुरुन्तै रिप्लाई गर्दै लेखेका छन् :देश बन्नु पर्छ, दाइ राजा, जानु पर्छ। हामी सबै साथमा हुनेछौँ”

रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा बालेन शाह पहिले नै जोडिएका थिए। त्यसपछि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले पनि एकता प्रक्रियामा सहभागिता जनाएको छ। एकतापछि कुलमानलाई पार्टीको वरिष्ठ उपसभापति जस्तो महत्वपूर्ण भूमिका दिइने सहमति भएको छ। यो एकताले आगामी निर्वाचनमा वैकल्पिक शक्तिलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

बालेनका यी पोस्टहरूले मात्र होइन, समग्र एकताले नेपाली राजनीतिमा नयाँ उत्साह भरेको छ। युवा पुस्ताले यो एकतालाई ‘परिवर्तनको सुरुवात’ का रूपमा हेरेका छन्। भने पुराना पार्टीहरुले यसलाई कुनै ठुलो कुरा नभएको बताएका छन्।