काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो २ बजेबाट खड्का निवास गोल्फुटारमा बस्नेछ।

बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ।

ADVERTISEMENT

छलफलमा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा निर्णय गरिनुका साथै पार्टीको आगामी रणनीतिबारे पनि विमर्श हुने बताइएको छ।

ADVERTISEMENT

यसैगरी, खड्काले हालै संस्थापन पक्षलाई पठाएको ७ बुँदे जवाफबारे समेत बैठकमा छलफल हुने जनाइएको छ।

यसअघि इतर समूहले सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको छ। बिहीबार कांग्रेसका नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशाङ्क कोइरालाबीच पनि छुट्टै छलफल भएको थियो।

ADVERTISEMENT