काठमाडौँ । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड Ultima Lifestyle ले पूर्वी नेपालमा आफ्नो खुद्रा उपस्थिति थप विस्तार गर्दै सुनसरीको इटहरीमा १०औँ आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने भएको छ। नयाँ आउटलेटको भव्य उद्घाटन सेप्टेम्बर १९ अर्थात् असोज ३, २०८३ मा हुने कम्पनीले जनाएको छ।
अडियो तथा वेयरेबल उत्पादनमा केन्द्रित Ultima Lifestyle ले नेपालभर नवीन, पहुँचयोग्य र जीवनशैलीमैत्री प्रविधि उपलब्ध गराउने उद्देश्यसहित आफ्नो खुद्रा सञ्जाल विस्तार गरिरहेको जनाएको छ।
धरान, दमक र जनकपुरमा यसअघि नै आउटलेट सञ्चालनमा ल्याइसकेको Ultima का लागि इटहरी पूर्वी नेपालमा चौथो आउटलेट हुनेछ। इटहरीस्थित नयाँ आउटलेटबाट ग्राहकले स्मार्टवाच, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंकलगायत Ultima का विभिन्न लाइफस्टाइल टेक्नोलोजी उत्पादन प्रत्यक्ष हेर्न, अनुभव गर्न र खरिद गर्न सक्नेछन्।
ग्रान्ड ओपनिङको पूर्वसन्ध्यामा सेप्टेम्बर १८ अर्थात् असोज २ गते Influencers & Media Meet आयोजना गरिने कम्पनीले जनाएको छ। उक्त कार्यक्रमसँगै विशेष अफर, आकर्षक डिल तथा ग्राहक पुरस्कारसहितको अभियान सुरु हुनेछ।
१०औँ आउटलेटका पहिलो १० ग्राहकलाई विशेष उपहार
१०औँ आधिकारिक आउटलेट उद्घाटनको अवसरमा कम्पनीले विशेष योजना ल्याएको छ। उद्घाटनको दिन अर्थात् सेप्टेम्बर १९ मा इटहरी आउटलेटबाट Ultima को कुनै पनि उत्पादन खरिद गर्ने पहिलो १० जना ग्राहकले निःशुल्क Ultima Gadget प्राप्त गर्नेछन्।
विभिन्न उत्पादनमा विशेष मूल्य
अभियानअन्तर्गत Ultima का विभिन्न उत्पादनमा विशेष मूल्य निर्धारण गरिएको छ।
- Boom Sleek Earbuds – रु. ९९९
हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि। - Boost 20K Pro Power Bank – रु. २,०९९
हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि। - Flex Smartwatch – रु. २,१९९
हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि। - Clear Mic – रु. २,९९९
हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि। - Marvel Speaker – रु. २,९९९
हरेक दिन पहिलो ९९ जना खरिदकर्ताका लागि।
कम्पनीका अनुसार यी अफर अभियान अवधिभर उपलब्ध हुनेछन्। तर प्रत्येक दिन तोकिएको संख्यामा मात्र उत्पादन उपलब्ध हुने भएकाले अफर स्टक तथा उपलब्धताका आधारमा लागू हुनेछ।
नयाँ उत्पादनमा Launch Price
ग्राहकले Ultima का नयाँ उत्पादनसमेत विशेष Launch Price मा खरिद गर्न सक्नेछन्।
- Ultima Aura – रु. ३,४९९
- Bass 430 Headphone – रु. १,९९९
- Boombox 130 – रु. १९,९९९
यी Launch Deals अभियान अवधिभर Ultima का सबै आउटलेटमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
खरिदसँगै निःशुल्क उत्पादन
ठूलो मूल्यको खरिद गर्ने ग्राहकलाई थप सुविधा दिने उद्देश्यले कम्पनीले Value Purchase Deal समेत ल्याएको छ।
- रु. ८,००० भन्दा माथिको खरिदमा — Boom Sleek Earbuds निःशुल्क
- रु. १०,००० भन्दा माथिको खरिदमा — Boost 20K Pro Power Bank निःशुल्क
- रु. १२,००० भन्दा माथिको खरिदमा — Flex Smartwatch निःशुल्क
यो योजना Ultima का सबै आउटलेटमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
Spin the Wheel मा २० लाख रुपैयाँ बराबरका पुरस्कार
अभियानलाई थप आकर्षक बनाउन Ultima ले Spin the Wheel कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। यसअन्तर्गत ग्राहकले कुल २० लाख रुपैयाँ बराबरका पुरस्कार जित्ने अवसर पाउनेछन्।
पुरस्कारमा Couple Tour Package to Thailand, Gold Coins, Air Conditioners, Televisions, Washing Machines तथा Ultima Gadgets लगायतका सामग्री समावेश छन्।
सम्पूर्ण Portfolio मा ६० प्रतिशतसम्म छुट
विशेष अफरबाहेक अभियान अवधिमा ग्राहकले Ultima Lifestyle को सम्पूर्ण Portfolio मा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यसबाट ग्राहकले विभिन्न अडियो, वेयरेबल तथा लाइफस्टाइल टेक्नोलोजी उत्पादन विशेष मूल्यमा खरिद गर्ने अवसर पाउनेछन्।
सेप्टेम्बर २६ सम्म अभियान
इटहरी आउटलेटको Grand Opening सेप्टेम्बर १९ अर्थात् असोज ३ मा हुनेछ। तर विभिन्न अफर तथा अभियान भने सेप्टेम्बर २६ अर्थात् असोज १०, २०८३ सम्म सञ्चालन हुनेछन्।
कम्पनीले सबै अफर सम्बन्धित सर्त, स्टक तथा उपलब्धताको अधीनमा लागू हुने जनाएको छ।
Ultima Lifestyle का अनुसार इटहरीमा १०औँ आधिकारिक आउटलेट सञ्चालनमा आउनु ब्रान्डको नेपालभर खुद्रा उपस्थिति विस्तार गर्ने योजनाको अर्को महत्वपूर्ण चरण हो। नयाँ आउटलेटबाट ग्राहकले उत्पादन खरिद गर्नेमात्र नभई ब्रान्डका विभिन्न प्रविधि प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसरसमेत पाउनेछन्।
Ultima Lifestyle ले इयरबड्स, हेडफोन, स्मार्टवाच, स्पिकर, पावर बैंक तथा अन्य लाइफस्टाइल टेक्नोलोजी उत्पादन बिक्री गर्दै आएको छ।






