काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १३ करोड २३ लाख ५८ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । गत वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।

ADVERTISEMENT