वासिङ्टन डिसी। अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी गरी प्रतिफल लिन नेपाली दूतावासले आग्रह गरेको छ।

‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ विषयक छलफल कार्यक्रममा कार्यवाहक राजदूत शरद्राज अर्यालले विदेशमा रहेका नेपालीको पुँजी, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्न आवश्यक रहेको बताए। उनले गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण निर्माण गरिएको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरे।

ADVERTISEMENT

कार्यक्रममा सहभागीहरूले नेपालमा लगानीका अवसर, सम्भावना र चुनौतीबारे विस्तृत छलफल गरेका थिए।

ADVERTISEMENT

महावाणिज्यदूत लक्ष्मण खनालले सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्र नेपालमा उच्च प्रतिफल दिने क्षेत्र भएको उल्लेख गर्दै प्रवासी नेपालीलाई ती क्षेत्रमा लगानीका अवसर उपयोग गर्न सुझाव दिए।

उद्यमी लोक तिवारीले अमेरिकामा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीको सीप, ज्ञान र अनुभव नेपालको विकासमा प्रयोग गर्नुपर्ने बताए। उनले विप्रेषणलाई उपभोगमुखी क्षेत्रभन्दा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT