काठमाडौं । काभ्रेपलाञ्चोकको बुच्चाकोटमा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
शुक्रबार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकका लागि छुटेको बा३ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको हो ।
दुर्घटना भएको बस अरनिको यातायातको हो । घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको छ । प्रत्यक्षदर्शीले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।
दुर्घटनामा आठजनाको मृत्यु भएको र उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टले जानकारी दिए ।
प्रहरीका अनुसार १६ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ । बसमा कतिजना चढेका थिए भन्ने खुल्न सकेको छैन । बस चालकले २५ देखि ३० जना यात्रु रहेको बताइएको छ ।








