तुलसीपुर (दाङ)। दाङ जिल्लामा लमहीदेखि घोराहीतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। चार पुरुष र तीन महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दुर्घटना घोराही उपमहानगरपालिका–३, चिसापानी मसोट नजिक भएको छ। घाइतेहरूलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।






