काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
बुधबार बिहान प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङसहित सांसदहरूले अवरोध गरेका थिए । उनले प्रधानमन्त्री बालेन्द्र शाह बालेन संसदमा उपस्थित नभएसम्म अवरोध जारी रहने बताए । उनले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङको माग गरेका थिए ।
तर सभामुख डोलप्रसाद अर्यालले आफूले प्रधानमन्त्री उपस्थित गराउन रुलिङ गर्न नसक्ने भनेपछि हर्क साम्पाङ झोला बोकेर बाहिरिएका हुन् । साम्पाङले आज पनि वैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए ।




