काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धीे मुद्दा फिर्ता लिन जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले शुक्रबार निवेदकको मागबमोजिम हुने आदेश दिएको हो।
अब लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारीको मुद्दाका प्रतिवादीहरूलाई सहकारी ठगीको मात्रै अभियोग कायम रहने भएको छ। लामिछानेसँगै जीबी भन्ने गितेन्द्रबाबु राई, छविलाल जोशीलगायतको पनि अन्य मुद्दा फिर्ता हुनेछ।
अघिल्लो सुशीला कार्की नेतृत्व सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले रविसहित जीबी र छविलाल जोशीमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन निर्देशन दिएकी थिइन् । यो विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन छ । अब जिल्ला अदालतले गरेका आदेशअनुसार उच्च र सर्वोच्चको आदेश आउने छ ।





