काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको जनाएको छ ।
आज सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य पाँच हजार ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलाको ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।








