काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याजदेखि हरियो सागसब्जी, फलफूल, मसला र माछासम्मका वस्तुको मूल्य अद्यावधिक गरिएको हो ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ७५ र ठूलो भारतीय गोलभेँडा प्रतिकिलो रु ८० कायम गरिएको छ । त्यस्तै, सानो लोकल गोलभेँडा रु ५५, भारतीय सानो गोलभेँडा रु ६० तथा तराई गोलभेँडा रु ५० निर्धारण गरिएको छ । आलु रातो (लाम्चो) प्रतिकिलो रु ३२, आलु रातो (गोलो) रु २५ र भारतीय सुकेको प्याज रु ३७ कायम भएको छ ।

ADVERTISEMENT

तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा रु ४०, काउली रु ५०, सेतो मूला रु ३०, लाम्चो भन्टा रु ४५ तथा डल्लो भन्टा रु ५० निर्धारण गरिएको छ । घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, भटमास कोसा रु १३०, तीते करेला रु ६० र भिन्डी रु ४० कायम गरिएको छ ।

हरियो सागसब्जीतर्फ पालुङ्गो प्रतिकिलो रु १२०, रायोसाग रु ९०, मेथीको साग रु ११० र हरियो प्याज रु १५० पुगेको छ । च्याउतर्फ कन्य च्याउ प्रतिकिलो रु १८०, डल्ले च्याउ रु ३५०, राजा च्याउ रु ३०० तथा सिताके च्याउ रु १ हजार निर्धारण गरिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती रु २८०, मालभोग केरा प्रतिदर्जन रु २२०, अनार प्रतिकिलो रु ४५० र हरियो अङ्गुर रु ३२० कायम भएको छ । तरबुजा प्रतिकिलो रु ३८, मेवा (नेपाली) रु ९० तथा एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

त्यसैगरी, अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी रु ४३०, हरियो धनियाँ रु १२०, हरियो लसुन रु २०० र चाइनिज सुकेको लसुन रु १९० कायम गरिएको छ । माछातर्फ रहु माछा प्रतिकिलो रु ३३०, बचुवा माछा रु ३१० र छडी माछा रु २६० तोकिएको छ ।