काठमाडौं।आज पानि परेपछी  मनोहरा क्षेत्रका सुकुम्वासी बस्तीमा बसोबास गर्नेहरू थप समस्यामा परेका छन्। बस्ती हटाउने क्रममा डोजर चलेपछि अस्थायी रूपमा बसिरहेका परिवारहरू अहिले पानी, हिलोको जोखिमसँग जुध्न बाध्य भएका छन्।

मनोहरा किनारमा बस्दै आएका सुकुम्वासीहरू पानीले  जीवन कष्टकर बनेको बताउँछन्। अहिले बस्तीमा परिवारहरू छानोविहीन अवस्थामा बसिरहेका छन् भने कतिपयले त्रिपालको  आश्रय लिएका छन्।

सुकुम्वासीका अनुसार, पानी परेपछि बस्तीभित्र बालबालिका तथा वृद्धहरूको स्वास्थ्य जोखिम बढेको छ। सुरक्षित बसोबासको अभावमा उनीहरू खुला आकाशमुनि विचल्ली भएका छन्।

सरकारले बस्ती हटाउने कार्य अघि बढाएसँगै सुकुम्वासीहरूको दर्ता प्रक्रिया पनि सञ्चालनमा रहे पनि तत्कालको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। केही परिवारलाई अस्थायी आश्रयमा राखिएको भए पनि धेरै अझै व्यवस्थापनको पर्खाइमा छन्।

तस्वीरहरु :