काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेका छन्, लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी  दिएका छन्

ADVERTISEMENT

उहाँका अनुसार काठमाडौँका विभिन्न स्थानबाट गरिएको कारबाहीमा एक थान पेस्तोल, म्यागेजिन, गोली तथा लागुऔषध ट्रामाडोल बरामद गरिएको छ। उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान पेस्तोल, सोही पेस्तोलको तीन थान म्यागेजिन, चार राउन्ड गोली, एसएलआर हतियारको दुई राउन्ड गोली र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट बरामद गरिएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT