काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६४ अंकले घटेर २७११.२२ विन्दुमा झरेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। ३३६ वटा स्क्रिप्सको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको थियो। तीन अर्ब ४३ करोड बराबरको कारोबार भएको थियो।

१०४ वटा स्टक्सको सेयरमूल्य बढ्दा १४९ वटाको घटेको छ । १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सोलु हाइड्रोपावर कम्पनीको २२ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

ADVERTISEMENT

रिलायन्स स्पिनिङ मिल्सले १६ करोड, नेसनल हाइड्रोपावर १४ करोड,,नगदी ग्रुपको १२ करोड र अपर लोहोरे खोला हाइड्रोपावरको १० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

आज फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३.७४ प्रतिशतले बढ्यो। भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर ८.९० प्रतिशतले घट्यो।

ADVERTISEMENT