काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.२२ अंकले बढेर २७९६.२४ बिन्दुमा झरेको छ ।
मंगलबार ३३ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ । ३२१ कम्पनीको एक करोड ७६ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, लुम्बिनी बिकास बैंकको २० करोड, शिवम् सिमेन्टको पनि २० करोड र बुटवल पावर कम्पनीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सीटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सेयर किनबेच आज धेरै भएन । लगानीकर्ताले सेयर होल्ड गरेर राखेका छन् ।





